रामेछाप, गोकुलगंगा । गोकुलगंगा गाउँपालिकाको १७औं गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष श्री काजी बहादुर खड्काले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष एवं गाउँसभाकी उपाध्यक्ष श्रीमती उषा देवी कार्कीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उहाँले समावेशी विकास, पारदर्शिता, सुशासन र जनउत्तरदायी सेवा प्रवाहमा विशेष ध्यान दिइने बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधिहरू, वडाध्यक्षहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा वडास्तरीय मागहरू, पूर्व योजना, र बजेटको वितरण प्रणालीबारे गम्भीर बहस भएको थियो।
गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफलपछि स्वीकृति प्रदान गर्ने कार्य अघि बढाउने जनाएको छ।
