Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट विनियोजनको निष्पक्षता जाँच्न संसदीय समिति बनाउन काँग्रेस सांसदको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ९ २०८२
  • 2.1K
    SHARES

काठमाण्डौ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेटमा मनोमानी ढंगले विनियोजन भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद केसीले बजेट प्रक्रिया संतुलित र न्यायसंगत नभएको भन्दै असन्तुष्टि जनाएका छन्  ।

उनले बजेटमा मन्त्री तथा शीर्ष नेताहरूका जिल्लामा असमान रूपमा बढी विनियोजन गरिएको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बताए ।

‘दुई उपप्रधानमन्त्रीलाई मेरो आग्रह छ– तपाईहरूले प्रस्तुत गर्नुभएको बजेट सही हो कि हैन, त्यो हेर्नका लागि एक संसदीय समिति बनाऔं । यदि त्यो सम्भव छैन भने सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाइयोस्,’ सांसद केसीले भने ‘जसरी मनपरी ढंगले विनियोजन गरिएको छ, त्यो दुःखद् मात्र होइन, खेदजनक पनि हो।

उनले बजेटको वितरणमा समान व्यवहार भएको छैन भन्दै प्रश्न गरे । ‘नयाँदेखि पुराना सबै सांसदप्रति समान व्यवहार भयो कि भएन ? मन्त्रीहरू र शीर्ष नेताका जिल्लामा राखिएको बजेट र अन्य जिल्लाको बजेट तुलना गर्दा के स्थिति देखिन्छ ? यसबारे छानबिन गर्नुपर्छ’ उनले भने ।

सांसद केसीले संसदमार्फत बजेट विनियोजन प्रक्रिया सुधार गर्न दबाब दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४