जुम्ला, गुठिचौर गाउँपालिका
काठमाडौं । हिमानी ट्रस्टको सामाजिक सेवामूलक अभियानअन्तर्गत जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–५, मनिसाङ्घमा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास सम्पन्न भएको छ। पूर्वअधिराजकुमारी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहले जुम्लाको एक दुर्गम क्षेत्रमा सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका छन्। हिमानी ट्रस्टको आयोजनामा, स्थानीय स्वास्थ्य सेवा अभाव रहेको क्षेत्रमा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले यो केन्द्र निर्माण गर्न लागिएको हो।
हिमानी ट्रस्टले जुम्लाका दुर्गम क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुहरूलाई लक्षित गर्दै अत्यावश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सुत्केरी सेवा केन्द्र निर्माण गर्न लागेको हो।
शिलान्यास कार्यक्रम जुम्लाको गुठिचौर गाउँपालिका–४ स्थित एक स्वास्थ्य चौकीको प्रांगणमा सम्पन्न भएको हो। शिलान्यास समारोहमा बोल्दै हिमानी शाहले भन्नुभयो, “हाम्रो सानो प्रयासले गर्भवती महिला र नवजात शिशुको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास लिएका छौं।”“यो केन्द्रले मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित सुत्केरी सेवा सुनिश्चित गर्न योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ।”
शनिबार एक विशेष समारोहबीच पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले संयुक्त रूपमा सेवा केन्द्रको शिलान्यास गर्नुभयो। यस अवसरमा उहाँहरू जुम्ला विमानस्थलमा अवतरण गर्दा स्थानीयवासीले भव्य स्वागत गरेका थिए।
हृदयेन्द्र शाहले पनि स्थानियहरूसँग संवाद गर्दै युवाहरूले सामाजिक सेवामा योगदान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि, र बृहत् नागरिक सहभागिता देखिएको थियो।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिलासमूहका अगुवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा हृदयेन्द्र शाहले युवा पुस्ताले पनि देशको सामाजिक उत्थानमा भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो। हिमानी ट्रस्टले सुत्केरी सेवा केन्द्र आगामी महिनाहरूमा निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने जनाएको छ।
सुत्केरी सेवा केन्द्रमा प्रसूति कक्ष, नवजात शिशु हेरचाह युनिट, र आकस्मिक स्वास्थ्य सेवा सुविधा रहनेछ। हिमानी ट्रस्टले आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।
यो पहलले विकट पहाडी जिल्लामा मातृ मृत्युदर कम गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।