Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘एक्सन’मा प्रचण्ड, बोलाए विपक्षी दलको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २६ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन् । कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग सघन छलफल गरेको प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा संसद्को अवरोध खुलाउन अपनाउन सकिने भावी रणनीति र सत्तापक्षसँगको वार्तालाई कसरी अगाडि बढाउने भन्ने विषयमा एकीकृत धारणा बनाउने प्रयास हुने उनले बताए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । यही विषयलाई लिएर गत जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक निरन्तर प्रभावित हुँदै आएको छ ।

संसद्को अवरोध खुलाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच अनौपचारिक संवाद पनि जारी छ । यसै क्रममा शनिबार सत्तारुढ दल कांग्रेस सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले देउवासँग भएको संवाद र गतिरोध अन्त्यका सम्भावित विकल्पहरूबारे अन्य विपक्षी दलहरूलाई जानकारी गराउने (ब्रिफिङ गर्ने) कार्यक्रम रहेको छ ।

ब्रिफिङपछि विपक्षी दलहरूले साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ । ‘भिजिट भिसा प्रकरण’मा छानबिन समिति गठनको मागमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४