Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १३ २०८२
  • 760
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. जेठ १२, २०८२ । इ.सन् 26 May, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (बछलागा) । सिद्धार्थी संवत्सर उत्तरायण ग्रीष्म ऋतु । सोमबार ज्येष्ठ कृष्णपक्ष । तिथि चतुर्दशी, ११:२२ बजेपछि औंसी । नक्षत्र भरणी, ०७:४४ बजेपछि कृत्तिका । योग शोभन, ०६:४० बजेपछि अतिगण्ड, ०३:३९ बजेउप्रान्त सुकर्मा । करण शकुनि, ११:२२ बजेपछि चतुष्पद, २२:०९ बजेउप्रान्त नाग । चन्द्रराशि मेष । योग (आनन्दादि) चर । दिनमान १३:३९ । सूर्योदय ५:१२ । सूर्यास्त १८:५१ । दिन विशेष : दर्शश्राद्ध । निशि बार्ने औंसी । वट सावित्री व्रत ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। दिउँसोदेखि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा संयम रहनुपर्ला।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। दिउँसोदेखि काम र आम्दानीमा बाधा हुनेछ भने फजुल खर्च बढ्न सक्छ। आफन्तको सम्पर्कबाट टाढिनुपर्ला। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्नाले काम राेकिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ने समय छ। दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ। तर प्रतीक्षित नतिजा सन्तोषजनक नआउन सक्छ। काममा बाधा हुनेछ। गलत निर्णयले जरिवानाको स्थितिसम्म पुर्याउने समय रहेकाले सजग रहनुहोला।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट र उपहारले उत्साह जगाउनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। काम बिग्रने सम्भावना देखिएकाले शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नदेखि रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्नाले प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने अवस्था आउला । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरू सँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्त र साथीभाइले भने साथ दिनेछन्।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४