Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं सतुङ्गलस्थित कपडा गोदाममा आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ । बिहान ५:२० बजेतिर सुरु भएको आगो करिब सात बजे नियन्त्रणमा ल्याइएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराका अनुसार आगो नियन्त्रणमा ल्याउन ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीसहितको टोली आगलागीस्थलमा परिचालित थियो । त्यस्तै, प्रहरी वृत्त थानकोटबाट डीएसपीको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट निरीक्षकको नेतृत्वमा १२ जना र मातातिर्थ प्रहरी चौकीबाट ४ जना प्रहरी परिचालन गरिएको थियो ।

यसअघि, बुधबार मात्र काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक महिलाको ज्यान गएको घटनाले राजधानीमा बढ्दो आगलागीको घटनाप्रति चिन्ता बढाएको छ । सतुङ्गलको आजको घटनाले पुनः सुरक्षा सावधानीमा गम्भीरता अपनाउन जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४