Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २५ २०८२
  • 1.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २५, २०८२ । इ.सन् 08 May, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (बछलाथ्व) । सिद्धार्थी संवत्सर उत्तरायण वसन्त ऋतु । बिहीबार वैशाख शुक्लपक्ष । तिथि एकादशी, १४:११ बजेपछि द्वादशी । नक्षत्र उत्तरफाल्गुनी, २२:४० बजेपछि हस्त । योग हर्षण, ०३:३१ बजेपछि वज्र । करण भद्रा, १४:११ बजेपछि वव, ०२:५५ बजेउप्रान्त वालव । चन्द्रराशि कन्या । योग (आनन्दादि) मातंग । दिनमान १३:२० । सूर्योदय ५:२१ । सूर्यास्त १८:४१ । दिन विशेष : भद्रा १४:११ बजेसम्म। मोहिनी एकादशी व्रत। विश्व रेडक्रस दिवस ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गुरुजनकाे साथ–सहयाेग जुट्नेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलकाे बेला मान्यजनको सहयाेग लाभदायी रहनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तकाे आगमन तथा रमाइलाे भेटघाट हुने समय छ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि जिम्मेवारी थपिन सक्छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४