Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २१ २०८२
  • 2.9K
    SHARES

काठमाडौं। देशभर आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ भने आगामी जेठ २ गतेसम्म जारी रहनेछ । यस वर्षको परीक्षा मूलतः वैशाख ११ गतेदेखि सुरु हुने तय भए पनि शिक्षक आन्दोलनका कारण स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले देशभरका परीक्षा केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै परीक्षार्थीहरूलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। बोर्डका अनुसार, यस वर्ष देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक गरी कुल १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ केन्द्र तोकिएका छन् भने मनाङ र मुस्ताङमा एक/एक मात्र परीक्षा केन्द्र रहेका छन् ।

परीक्षामा ५,२०२ विद्यालयबाट नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,१३३ छात्रा गरी कुल ३,९५,९०८ परीक्षार्थी सहभागी हुँदैछन् । यस्तै, आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी रहेका छन् । कुल परीक्षार्थी संख्या ५,११,५२५ पुगेको छ । सबैभन्दा बढी काठमाडौंबाट ६८,१३३ परीक्षार्थी सहभागी छन् भने सबैभन्दा कम मनाङबाट ४५ जना मात्र परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षामा कम दृष्टि, श्रवणशक्ति गुमेका, मानसिक अवस्थाबाट प्रभावित तथा अन्य अपाङ्गता भएका विद्यार्थीका लागि विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । साथै, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीले पनि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

परीक्षा मर्यादा कायम राख्न देशभर करिब २० हजार सुरक्षाकर्मी खटाइएको छ। त्यस्तै, परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब २ हजार कर्मचारी र प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी तोकिएका छन् । परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षार्थीले मोबाइल, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक उपकरण (साधारण क्याल्कुलेटर बाहेक) परीक्षा हलमा लैजान नपाउने बोर्डले स्पष्ट पारेको छ ।

यदि कसैले प्रतिबन्धित सामग्री प्रयोग गरेको पाइएमा, शिक्षा ऐन २०२८ को दफा १७ (१ क) ‘च’ बमोजिम कानुनी कारबाही हुने बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भएको छ । साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित तथा आंशिक परीक्षार्थीहरू सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४