Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद्को संयुक्त बैठक बोलाइयो : राष्ट्रपति पौडेलको सम्बोधनसहित नीति कार्यक्रम आउँदै “कार्यसूची”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १९ २०८२
  • 2.3K
    SHARES

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुने भएको छ । राष्ट्रपतिको सम्बोधनसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९५ बमोजिम दिउँसो ३ बजे बस्ने संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकको सम्भावित कार्यसूची तय भइसकेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिनको २:४५ भित्र निर्धारित पोशाकमा बैठकस्थलमा आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन् ।

यसअघि नै सत्ता साझेदार दलहरूबीच आगामी नीति तथा कार्यक्रमका विषयमा परामर्श सम्पन्न भइसकेको छ । आगामी कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ । विशेष गरी युवा लक्षित योजनाहरू उद्यमशीलता, सीप विकास, स्टार्टअप प्रोत्साहन, व्यावसायिक योजना निर्माण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित हुने विश्वास लिइएको छ ।

संघीय संसद्ले वैशाख २२ गतेदेखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिसकेको छ । त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकमाथि सिद्धान्त तथा प्राथमिकतासम्बन्धी छलफल सुरु हुनेछ । यो चरणलाई प्रि-बजेट छलफलको रूपमा लिइन्छ ।

नेपालको संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते अर्थमन्त्रीमार्फत संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारको नीति तथा कार्यक्रमले समग्र अर्थतन्त्र, युवा सशक्तीकरण र पारदर्शी शासनप्रणालीलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४