Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २७ २०८१
  • 4.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया हाल अघि बढाइएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले यस सम्बन्धी कार्वाही सुरू गरेको जानकारी दिएको हो ।

विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार प्रक्रियामा अघि बढाइएको स्पष्ट पारेका छन् । पन्थीले भने, ‘मालपोत कार्यालयबाट कागजात मागेर प्रतिवेदन तयार गर्दैछौं, र यो केही दिनमा मन्त्रालयमा पेश हुनेछ। गृहमन्त्रीज्यूको निर्णयपछि मात्र जग्गा जफत हुनेछ ।

सर्वोच्च अदालतको ३० साउन २०६९ मा भएको फैसलामा तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै १ रोपनी ६ आनाभन्दा बढी सानेपास्थित जग्गा जफत गर्ने आदेश दिएका थिए । साथै, २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल गर्नुपर्ने भनिएको थियो । अबसम्म २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल भइसकेको जानकारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४