Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँको वायु शुद्ध बन्दै, वर्षा र हावाहुरीले राहत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २७ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । काठमाडौँ उपत्यकावासीले लामो समयपछि केही राहतको सास फेर्न पाएका छन् । पछिल्ला दिनमा परेको छिटपुट वर्षा र सामान्य हावाहुरीले उपत्यकाको वायु प्रदूषण घटाएको छ । बुधबार दिउँसोदेखि सुरु भएको वर्षा राति र बिहीबार बिहानीपख समेत जारी रहँदा धुलो र धुँवाले ढाकिएको आकाश केही हदसम्म सफा भएको हो ।

एक समय विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ उपत्यका आज १३ औँ स्थानमा झरेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार बिहीबार बिहान ८ बजे काठमाडौँको एक्यूआई १११ मापन गरिएको छ, जुन केही दिनअघिको ३५२ भन्दा निकै कम हो ।

हाल विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा पाकिस्तानको लाहोर पहिलो, चीनको साङ्घाई दोस्रो र भारतको दिल्ली तेस्रो स्थानमा छन् । काठमाडौँमा लामो समयदेखि वर्षा नपरेको, धुलोको मात्रा बढेको र आसपासका जंगलमा लागेको डढेलोको धुँवाले वायु गुणस्तर अत्यधिक खस्किएको थियो । तर हालको वर्षाले डढेलो निभाउनुका साथै धुलो सफा गरेपछि वायुगुणस्तरमा उल्लेखनीय सुधार आएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मानव स्वास्थ्यका लागि ३५ भन्दा कम एक्यूआई उपयुक्त मानिन्छ। ५० सम्मलाई सामान्य मानिए पनि त्योभन्दा माथिको स्तर स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

५१–१००: सतर्कता अपनाउनुपर्ने अवस्था (पहेंलो संकेत)

१०१–१५०: श्वासप्रश्वास र मुटु रोगीका लागि असर

१५१–२००: सबैका लागि अस्वस्थकर

२०१–३००: अत्यन्तै अस्वस्थ अवस्था

३०१–४००: खतरनाक

४०१–४५०: अति खतरनाक

वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार, AQI ३०० नाघेपछि स्थिति ‘विपद्’को रुपमा लिने उल्लेख गरिएको छ । यद्यपि अहिलेको सुधार सान्त्वना दिने खालको भए पनि मौसम फेरिएसँगै वायुप्रदूषण पुनः बढ्न सक्ने जोखिम पनि उत्तिकै छ । त्यसैले प्रदूषण नियन्त्रणका दीर्घकालीन उपायहरूमा समेत ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४