काठमाडौँ । राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको घटनाबारे छानबिन गर्न नागरिक आयोग गठन भएको छ ।
बुधवार राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरेको हो ।
आज काठमाडौँमा सम्पन्न एक भेलाले उक्त समिति गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् ।
छानबिन आयोगका सदस्यमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधि डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् ।
उक्त आयोग गठनको प्रस्तावका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ, ३६ वटा संघसंस्थाको छाता संस्था राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट, पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेत, किशोरी महतो प्रा।डा। रत्नकमल वैद्य, आध्यात्मिक नेतृत्व आरबी बस्नेतले हस्ताक्षर गरेका छन् ।
साथै मानवअधिकार म्याग्ग्रामिट २०११ का संयोजक सुरेश आचार्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्वप्रशासक हरिबहादुर बस्नेत, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेशबहादुर सिंह, ध्रुव खतिवडा यादवराज पाण्डेय, निराकार रेग्मी, दीपक महाराज आत्रेय नेवाः एकता तथा नागरिक समाजका रञ्जिता श्रेष्ठ गरी ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरूले पनि हस्ताक्षर गरेका छन् ।
