Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्थानको दमदार कमब्याक, पञ्जाब ५० रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुरुआतमा निराशाजनक प्रदर्शन गरेको राजस्थान रोयल्सले लयमा फर्कँदै लगातार दोस्रो जित दर्ता गरेको छ। शनिबार सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्सलाई एकतर्फी खेलमा ५० रनले हराउँदै सशक्त प्रदर्शन गरेको हो।

पहिले ब्याटिङ गर्दै राजस्थानले चार विकेटको क्षतिमा २०५ रनको विशाल योगफल तयार गर्‍यो। टोलीका लागि ओपनर यशस्वी जयसवालले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा ६७ रन बनाए। त्यसैगरी रियान पराग २५ बलमा ४३ रनमा अविजित रहे भने कप्तान सञ्जु सामसनले २६ बलमा ३८ रन जोडे। सिम्रन हटमायरले छोटो तर प्रभावशाली १२ बलमा २० रन बनाउँदा ध्रुव जुरेलले पनि पाँच बलमा १२ रन थपे।

जवाफमा पञ्जाब किङ्स २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा समेटियो। निहाल बाधेराले संघर्षपूर्ण अर्धशतक बनाउँदै ४१ बलमा ६२ रन जोडे भने ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन बनाए। यी दुईले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरे तापनि त्यसपछि पञ्जाबको पारी धराशायी भयो। छोटो अन्तरालमै सुर्यांस सेड्गेलसहित यी दुई पनि आउट भएपछि पञ्जाबको आशा सकियो।

बलिङतर्फ राजस्थानका जाफ्रा आर्चर सबभन्दा प्रभावशाली रहे। उनले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिँदै ‘म्यान अफ द म्याच’ बने। सन्दीप शर्मा र महशे थक्सेनले दुई–दुई विकेट लिए।

यो जितसँगै राजस्थानले अंक तालिकामा चार अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ भने पराजित पञ्जाब भने समान चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४