Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्ली र लाहोरलाई उछिन्दै काठमाडौं बन्यो विश्वकै प्रदूषित राजधानी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०८१
  • 1.5K
    SHARES

काठमाडौँ । उपत्यका पछिल्ला दिनहरूमा फेरि वायु प्रदूषणको चपेटामा परेको छ । आज बिहान ७ः५५ बजेको मापन अनुसार, काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २७० पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको हो ।

प्रदूषणको सूचिमा भारतको राजधानी दिल्ली २६५ एक्यूआईसहित दोस्रो स्थानमा छ भने, पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाल काठमाडौँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ । केही दिनअघि चलेको हावाले प्रदूषण अलिकति घटाए पनि स्थिति अझै गम्भीर नै छ ।

विगत लामो समयदेखि पानी नपरेको र उपत्यका वरिपरिको जंगलमा लागेको डढेलोका कारण धुलो र धुँवाले आकाश ढाकिएको छ । यही कारणले वायु गुणस्तर अत्यधिक बिग्रिएको विज्ञहरुको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त हो ।

  • ५० सम्मको AQI सामान्य मानिन्छ
  • ५१-१००: सजग रहनुपर्ने संकेत
  • १०१-१५०: दम र मुटुका रोगीलाई असर
  • १५१-२००: अस्वस्थकर
  • २०१-३००: अत्यन्तै अस्वस्थ
  • ३०१-४००: खतरनाक
  • ४०१-४५०: अति खतरनाक

काठमाडौँको अहिलेको एक्यूआई (२७०) ‘अत्यन्तै अस्वस्थ’ स्तरमा पर्छ, जुन सबै उमेर समूहका मानिसहरूका लागि जोखिमपूर्ण मानिन्छ ।

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सजग रहन आग्रह गर्दै सकेसम्म बिहान र साँझ घर बाहिर ननिस्कन सुझाव दिएको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई अत्यधिक सावधानी अपनाउन अनुरोध गरिएको छ । २०७६ सालमा बनाइएको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, यदि काठमाडौँको एक्यूआई ३०० भन्दा माथि पुग्यो भने त्यसलाई विपद् को अवस्था मानेर आपतकालीन कदम चालिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४