Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेपाली हाइटबाट पक्राउ परेका रवि लामिछानेलाई भैरहवा पठाउने तयारी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार भैरहवा लैजाने तयारी गरिएको छ। बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ परेका उनलाई विमानमार्फत भैरहवा पुर्‍याइने प्रहरीले जनाएको छ।

हाल लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ। शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टको नेतृत्वमा रहेको टोलीले उनको घरमा पुगेर पक्राउ गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यो आदेश दिएको हो।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उच्च अदालतले बदर गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए। अब उनलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४