Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईं भागेको स्कोर्पियो इटहरीमा भेटियो, के भन्छन् चालक ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २१ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईं चढेको स्कोर्पियो इटहरीमा भेटिएको छ । बिएबी ४२०८ नम्बरको एसयूभी गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडीलाई काठमाडौं ल्याएर कार्यालय परिसरमा राखिएको जानकारी दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी टेक तामाङका अनुसार प्रसाईं भाग्न प्रयोग गरिएको गाडी इटहरीमा फेला परेको हो । ‘काठमाडौंबाट भाग्न प्रयोग गरिएको गाडी इटहरीमा फेला पारिएको छ, हाल गाडी काठमाडौं ल्याइसकिएको छ,’ उनले भने ।

प्रसाईं भाग्नुअघि एक सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले उनलाई गाडीमा पुर्‍याएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । इटहरीमा गाडी भेटिएपछि प्रसाईं भारततर्फ गएको आशंका गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका गाडी धनी मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीसँग बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४