Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज “बुधबार” कृष्ण भगवानको पूजा, यसो गर्नुहोस् जिन्दगी समृद्ध हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १९ २०८१
  • 1K
    SHARES

काठमाडौं । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

कृष्णको हातमा सधै मुरली वा शंख बोकेको देखाइन्छ । यसबार आज यहाँ चर्चा गर्दै छौं । युद्धको उद्घोष गर्ने बेला उहाँको हातमा शंख देखिन्छ । र, रसिक अवस्थामा चाहि मुरली । कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो ।

आफैभित्रको निराकारबाट ध्वनीहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वनी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ ।

यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिएको छ ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ ?

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४