Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । बैठक सवा ११ बजे बस्दैछ ।

अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ ।

यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ । त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज दफाबार छलफल गरी प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सहमति भएको छ ।

यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो ।

दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ । र, कानून बन्नेछ ।

सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश होल्ड भएको छ ।

गत पुस १४ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, पुस २९ गते जारी भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याइएको हो ।

यी ५ वटै अध्यादेश दुवै सदनबाट स्वीकृत भएर विधेयकको रुपमा संसदमा आएको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४