Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिने, स्पष्ट पार्नेछन्- कुलमान किन हटाइए ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌मा जवाफ दिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रधानमन्त्रीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारण स्पष्ट पार्ने भएका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार, सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आइतबार गरेको छलफलमा प्रधानमन्त्रीले संसद्मा औपचारिक जवाफ दिने जानकारी गराएका थिए ।

घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडान थियो । उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ । विपक्षी दलले कुलमानको हटाइप्रति असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गर्दै आएकाले प्रधानमन्त्रीको जवाफलाई विशेष चासोका साथ हेरिएको छ ।

सरकारले चैत ११ गते कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । विपक्षी दलहरूले कुलमानलाई कार्यकाल पूरा गर्न दिनुपर्ने माग गर्दै सरकारको निर्णयको विरोध गरिरहेका छन् ।

यसैबीच, कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अदालतले उनको मुद्दाको सुनुवाइ मंगलबार गर्ने तय गरेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिए पनि न्यायाधीश राउतका पूर्वसाझेदार अधिवक्ता राधेश्याम अधिकारी शाक्यको पक्षमा बहस गर्न लागेको कारण उक्त इजलासले सुनुवाइ गर्न नसक्ने जनाएको थियो ।

शाक्यको रिट पनि सोही इजलासमा परेकोले मंगलबार दुवै पक्षका मुद्दाको सुनुवाइ एकैसाथ हुने भएको छ । शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गर्नुपर्ने मागसमेत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४