Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं भ्यू-टावरमा भ्रष्टाचार र अनियमितताको गन्ध, भत्काइदिने महानगरको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 3.6K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर भत्काउने तयारी भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टावरमा अनियमितता भएको भन्दै भत्काउने तयारी गरेका हुन् ।

मेयर शाहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव साहका अनुसार टावर नभत्काएसम्म वास्तविकता बाहिर आउन नसक्ने भएकाले महानगरपालिकाले यसबारे कडा निर्णय लिन लागेको हो ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि टावरको नक्सा अनियमित ढंगले पास गरिएको आरोप लगाइएको छ । यही कारण उनलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो । यद्यपि, छानबिन समितिले गुरागाईंलाई निर्दोष देखाएको प्रतिवेदन बुझाएपछि पनि मेयर शाहले उक्त प्रतिवेदन अस्वीकार गरेका छन् ।

स्वकीय सचिव साहले काठमाडौं टावरको विषयमा छानबिन गर्न गठन गरिएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजिएको बताएका छन् । उनले सरकारलाई नै भ्रष्टाचारको दोष लगाउँदै जनताको पैसामा खेलवाड गरेको आरोप लगाए । टावर भत्काउनुपर्ने स्पष्ट राय समितिको प्रतिवेदनमा नआए पनि महानगरपालिकाले भ्रष्टाचारको पोल खोल्नका लागि टावर भत्काउनुपर्ने तर्क गरेको छ ।

साहका अनुसार टावर भत्काएपछि मात्र यसमा को–को संलग्न छन् भन्ने कुरा बाहिर आउनेछ । पीपीए मोडलमा बनेको यस संरचनाको थप अध्ययन गर्न गठित समितिको प्रतिवेदन आउने चरणमा रहेको र त्यसपछि मात्रै आवश्यक निर्णय लिइने बताइएको छ । काठमाडौं टावरको भविष्य अन्योलग्रस्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४