Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेचिलो बन्दै कुलमान बर्खास्ती प्रकरण, अवरोधकाबीच बोलाइयो संसद् बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११:०० बजे प्रतिनिधिसभा बैठक बस्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तयार पारिएको छ, जसअनुसार अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धित मन्त्रीहरूलाई मौखिक प्रश्नहरूको उत्तर दिनुपर्नेछ ।

साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि आजको बैठकमा टेबुल गरिनेछ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम छ भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।

यसअघि हिजो बिहान ११:०० बजेका लागि तय गरिएको बैठक दिउँसो २:०० बजे सारिएको थियो। तर, बैठक बस्न नसकेपछि आज बिहान ११:०० बजेसम्मका लागि स्थगित गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विपक्षमा विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्, जसका कारण बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूसँग हिजो दिनभर छलफल गरे पनि सहमति जुट्न सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर घिसिङ हटाउने निर्णयबारे स्पष्टिकरण दिनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्री ओलीले भने सरकारको निर्णयबारे संसदमा जवाफ दिनुपर्ने कुनै औचित्य नभएको बताएका छन् । सत्ता पक्ष र प्रतिपक्षबीच जारी गतिरोधका कारण संसद बैठक सुचारू हुने वा नहुने अझै अनिश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४