पुष्कर खड्का
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा (अनेरास्ववियु ) को प्यानल विजयी भएको छ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा (अनेरास्ववियु ) का सुशील थापा विजयी भएका छन् ।
थापाले २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत नारदकुमार थापाले जानकारी दिए । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका विपुल रोकाले १५२ मत प्राप्त गरेका छन् । यस्तै अखिल (क्रान्तिकारी) का अनुज भुजेलले ६५ मत प्राप्त गरेका छन् ।
सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी ( डेनिस ) ले १८५ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका (युवराज बुढाथोकी) ले १६५ मत प्राप्त गरेका छन् ।अखिल (क्रान्तिकारी) का विनिता माझीले ७० मत प्राप्त गरेकि छिन्।
कोषाध्यक्षमा अनेरास्ववियुका( मसली तामाङ) ले २०३ मत प्राप्त गरी विजयी भएकी छिन् ।प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका (छाया तामाङ )ले १३६ मत प्राप्त गरेकि छन्।अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा मनोज श्रेष्ठ ,जीवन पहरी ,एलिना माझि,तुलसा उप्रेती विजयी भएका छन् । यस यस अघि २०७९ सालको निर्वाचनमा समेत अनेरास्ववियुकै पुष्कर भट्टराई स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । सहिद स्मृति बहुमुखी क्याम्पस निर्वाचनमा कुल ५३१ मतदाता रहेकोमा ४२७ मत खसेको थियो ।