काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा समर्थक सडकमा आएपछि मेडिकल यवसायी दुर्गा प्रसाई उत्साहित भएका छन् । आइतबार पोखराबाट काठमाडौं आउँदा पूर्वराजा शाहलाई हजारौँको संख्यामा राजावादीहरु सहभागि भएका थिए ।
सोही विषयमा साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रसाईले भनेका छन्, ‘१०० मुसाबाट होइन १ सिंहबाट शासित हुन चाहान्छुू भोल्टायरको यो भनाई संगै आज केहि भन्न मन लागेको थियो तर आज शब्दले भन्दा तस्बिरले, दृष्यले, नागरिकको साथले, लाखौंको जनलहरले, हाम्रो प्यारो राजाको उपस्थितीले मौनता भित्रै करोडौं शब्द बोलेको छ ।
म बोल्दिन तपाईका कमेन्ट पढ्छु, आगामी दिनको लागी सुझाव लिन्छु, आज तपाई बोल्नुहोस, म सुन्छु । यो साथका निम्ती के भनौं नेपाली नागरिकलाई हृदयदेखी धन्यवाद भन्न बाहेक अर्को शब्द भेट्नै सकिन ।’