Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २३ २०८१
  • 2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. फागुन २३,शुक्रवार २०८१ ई.सं.07 Mar, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ चिल्लाथ्व कालयुक्त उत्तरायण शिशिर शुक्रवार फाल्गुण शुक्लपक्ष तिथि फाल्गुण शुक्ल पक्ष अष्टमी तिथि, १३ः३६ बजेपछि नवमी। मृगशिरा नक्षत्र। योग विष्कम्भ ००:४६ बजेसम्म, त्यसपछी प्रीति करण वणिज १५:३० बजेसम्म, त्यसपछी भद्रा ०२:३१बजेसम्म, त्यसपछी  चन्द्रराशि वृष, १५ः६३ बजेपछि मिथुन।  आनन्दादि योग उत्पात दिनमान ११:४२ सूर्योदय ६:२५ सूर्यास्त १८:०७ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा।

राशिफल

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएकाे काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पहिलेकाे उपलब्धिले थप काम गर्न हाैसला मिल्नेछ। साँझतिर नयाँ जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्ताे लाभमा लाेभिँदा व्यर्थैमा खर्च हुनेछ। खर्च लागे पनि यात्राकाे प्रक्रिया अघि बढ्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थिति अनुकूल बन्नाले मनग्य लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पूर्वाह्न समय विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायले राम्राे लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। साँझदेखि कामको चाप बढ्नेछ भने स्वास्थ्य कमजाेर रहनेछ। सावधानीले मात्र उपलब्धि जाेगाउन सकिनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले द्वेष गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। साँझतिर कामबाट फुर्सद पाइनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ प्राप्त हुनुका साथै सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर विवादास्पद काममा हात हाल्दा आलाेचित बन्नुपर्ला। स्वास्थ्यमा केही कमजोरी र काममा पनि खर्चको समय रहनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काममा बिहानै जुट्नुहाेला, सोचेजस्तै सफलता मिल्नेछ। सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ। सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि सताउन सक्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४