Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल दोस्रोपटक पर्‍यो ग्रे लिष्टमा, के भन्छन् अर्थमन्त्री ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १० २०८१
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल निर्धारित समय अगावै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिरिने विश्वास उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यक्त गरेका छन् । नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले समयपूर्व सूचीबाट बाहिरिन नेपाल सक्षम हुने बताएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार विगतमा आवश्यक सुधार समयमा लागू गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको हो । उनले भने, ‘पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भइसकेको छ । यो योजनाअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गरेर हामी निर्धारित समयभन्दा चाँडो ग्रे लिस्टबाट बाहिरिनेछौं ।’

नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी आवश्यक मापदण्ड पूरा गर्न नसक्दा एफएटिएफले दुई वर्षका लागि नेपाललाई ग्रे लिस्टमा राखेको हो । पेरिसमा आयोजित बैठकले नेपाललाई औपचारिक रूपमा ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । नेपाललाई ग्रे लिस्टमा पर्ने सम्भावना रहेको अर्थमन्त्री पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै संकेत गरेका थिए ।

राष्ट्र बैंकका अनुसार एफएटिएफले निर्धारण गरेका ४० शर्तमध्ये नेपालले हालसम्म २१ वटा मात्र पूरा गरेको छ । एसिया प्यासिफिक ग्रुप अफ एन्टिमनी लन्डरिङ (एपीजी) ले २०२३ मा नेपालको मूल्यांकन गरेको थियो, जसको आधारमा नेपाललाई १ वर्षको ‘अब्जरभेसन’ अवधिमा राखिएको थियो । तर, कार्यान्वयन प्रभावकारी नहुँदा नेपाल ग्रे लिस्टमा परेको हो ।

गभर्नर महाप्रसाद अधिकारीका अनुसार, नेपालले २०२३ को तुलनामा उल्लेख्य सुधार गरे पनि एफएटिएफको सन्तुष्टि प्राप्त गर्न पर्याप्त हुन सकेन । नेपाल यसअघि पनि २००८ देखि २०१४ सम्म ग्रे लिस्टमा परेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी तथा संस्थागत संरचना निर्माण गरेपछि नेपाल सूचीबाट हट्न सफल भएको थियो ।

नेपालको सम्पत्ति शुद्धीकरण नीतिगत संरचना सुदृढ गर्न २००५, २०१० र २०२३ मा गरी तीन पटक मूल्यांकन भइसकेको छ । २०१० मा नेपालले ४९ मध्ये मात्र ३ वटा शर्त पूरा गरेको थियो भने अहिले ४० मध्ये २१ वटा पूरा गरेको छ । आगामी दिनमा बाँकी शर्तहरू कार्यान्वयन गरी नेपालले ग्रे लिस्टबाट यथाशीघ्र बाहिरिने प्रयास गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४