Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाइट हाउसमा ट्रम्प-मोदी भेटवार्ता, के भयो कुराकानी ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ’, मोदीले भने, ‘भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्य-मान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ । हामी इन्डो-प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौं ।

मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । उनले भने, ‘भारत र अमेरिका आतंकवादविरुद्धको लडाईंमा दृढतापूर्वक एकसाथ उभिएका छन् । सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक छ । यसमा हामी सहमत छौं ।

ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए । उनले भने, ‘मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ निष्पक्ष बनाउन छलफल सुरु गर्नेछौं ।’ यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन् । भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस-युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए ।

उनले भने, ‘भारत शान्तिका पक्षमा छ । हामी दुवै पक्ष (युक्रेन र रुस) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’ मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेको प्रयासको प्रशंसा गरे । यस क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन वार्ता भएको सुनाउँदै युक्रेनमा युद्ध अन्त्य हुने आशा व्यक्त गरे ।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ । युद्ध अन्त्य हुने सम्भावना धेरै छ ।’ यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस-युक्रेन युद्धबारे हुने वार्तामा आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४