Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता पक्षको नजरमा सब ठीकठाक, विपक्षीले देख्यो- ‘खोटैखोट’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १९ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच चर्को बहस चल्यो । अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति विपक्षी दलले आपत्ति जनाए भने सत्तापक्षले यसको बचाउ गर्दै आवश्यकताअनुसार ल्याइएको स्पष्ट पारे ।

अघिल्लो बजेट अधिवेशन सकिएपछि सरकारले छ वटा अध्यादेश जारी गरेको थियो, जसमा पाँच अध्यादेश हिउँदे अधिवेशन आह्वान हुनु केही दिनअघि मात्र ल्याइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै आर्थिक सुधार, सुशासन प्रवर्द्धन, भूमि तथा वन व्यवस्थापन र वित्तीय उत्तरदायित्व सुधार गर्नका लागि विभिन्न २९ ऐनमा संशोधन गरिएको बताए ।

ओलीले कानुन निर्माणको ढिलाइलाई ध्यानमा राख्दै अध्यादेश जारी गरिएको तर्क गरे । उनले संसद् प्रक्रियाबाट कानुन पारित गर्न महिनौं लाग्ने भएकाले राष्ट्रिय अपेक्षालाई पूरा गर्न अध्यादेश आवश्यक रहेको बताए । साथै, उनले सरकारका विधेयकहरू समयमै पारित नभए कानुन निर्माणका लागि वैकल्पिक व्यवस्था खोज्ने चेतावनीसमेत दिए ।

सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यादेशलाई आर्थिक सुधारका लागि आवश्यक भएको बताएका छन् । उनले व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र सुशासन प्रवर्द्धनका लागि अध्यादेश ल्याइएको बताए ।

तर, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारलाई संसद्को महत्व कम गर्दै अध्यादेश अधिवेशन बनाएको आरोप लगाए । उनले अध्यादेश विधेयक निर्माणको नियमित प्रक्रिया बन्न नहुने भन्दै सरकारको कदमको आलोचना गरे । एमाले सचिव योगेश भट्टराईले भने अघिल्लो सरकारहरूले पनि अध्यादेशको प्रयोग गरिसकेको हुँदा यसको विरोध गर्नुको औचित्य नभएको तर्क राखे ।

रास्वपा सांसद स्वर्णिम वाग्लेले अध्यादेशलाई कानुनी प्रक्रियाको अपवाद मात्र मान्नुपर्ने बताए । उनले विधेयक संसद्मा प्रस्तुत गर्न केही दिन कुर्न सकिने अवस्था रहेको भन्दै अध्यादेश विधि निर्माणको नियमित अभ्यास बन्न नहुने धारणा राखे ।

संघीय संसद्का दुवै सदनमा सरकारले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश’, ‘निजीकरण अध्यादेश’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार अध्यादेश’, ‘सहकारीसम्बन्धी अध्यादेश’ र ‘भूमिसम्बन्धी अध्यादेश’ पेश गरेको छ । अबका संसद् बैठकहरूमा यी अध्यादेशहरू पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको अर्को बैठक माघ २० र प्रतिनिधिसभाको बैठक माघ २४ मा बस्ने तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४