Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार मुद्दामा ऐन महरमाथि अनुसन्धान अघि बढाउन परमादेश, रश्मिला धामी पुन: पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १० २०८१
  • 4.3K
    SHARES

काठमाडौं । रश्मिला धामी पुनः साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । यसअघि पनि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी घटनामा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलका अनुसार युवतीको उजुरीका आधारमा काठमाडौँको माइतीघर मण्डलाबाट सिंहदरबार वृत्त अनामनगरको टोलीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

धामी यसअघि पनि फेसबुक लाइभमार्फत विभिन्न व्यक्तिको नाम लिएर चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी थिइन् । एमाले नेता ऐन महरमाथि धामीले बलात्कारको आरोप लगाएकी छन् । तर, महर पक्षले भने धामीले झुटा आरोप लगाउँदै रकम मोलमोलाइको प्रयास गरेको दाबी गर्दै आएका छन् ।

यसैबीच उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान थाल्न परमादेश जारी गरेको हो ।

पीडित महिला (रश्मिला)ले यसअघि नै महरविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी थिइन् । तर, प्रहरीले उक्त उजुरी दर्ता नगरी तामेलीमा राखेको थियो । उजुरी दर्ता नभएपछि पीडित महिला न्यायको खोजीमा उच्च अदालत पुगेकी थिइन् ।

उच्च अदालतको आदेशपछि प्रहरीले तामेलीमा राख्ने प्रक्रियालाई त्रुटिपूर्ण ठहर गर्दै प्रमाणका आधारमा अनुसन्धान अघि बढाउनुपर्ने निर्णय गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार, ‘प्रमाणहरूको आधारमा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश जारी गरिएको हो ।’

यस मुद्दासँग सम्बन्धित अन्य दुई रिट भने खारेज गरिएको छ । बझाङका स्थायी बासिन्दा ऐन महरलाई २०७८ साल मंसिरमा एमाले केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । तर, यौन दुर्व्यवहारको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट एक पटक निलम्बित भएका थिए । पछि, सचिवालय बैठकमार्फत महरलाई पुनः जिम्मेवारीमा फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४