Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेले गरे सबै आरोप अस्वीकार, आजबाट थुनछेक बहस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १० २०८१
  • 1.4K
    SHARES

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा रिहा गर्ने आदेश दिएको हो ।

बुधबार दिउँसो १ बजेबाट सुरु भएको बयानमा लामिछानेले अभियोग अस्वीकार गरेका थिए । उनले गोर्खा मिडियाको आर्थिक व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी कम्पनी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको रहेको दाबी गरे । बयानको अन्त्यमा उनले अदालतलाई सहयोग गर्न आफैं उपस्थित भएको उल्लेख गर्दै आजको थुनछेक बहसका लागि जिम्मामा छोड्न अनुरोध गरेका थिए । अदालतले लामिछानेलाई आज बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा हिरासतबाहिर रहन अनुमति दिएको हो ।

अब सरकारी वकिल पक्षबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्ता भण्डारी, प्रेमराज पौडेललगायतले बहस गर्नेछन् भने प्रतिवादीतर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापासहितका वकिल सहभागी हुनेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

पहिलो चरणमा लामिछाने र जोशीबाहेकका २८ जनाविरुद्ध वैशाख २ मा मुद्दा दर्ता गरिएको थियो । दोस्रो चरणमा थप तथ्य र प्रमाण जुटाउँदै उनीहरूमाथि कसुर र बिगो थप गरिएको छ ।

यसअघि पनि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४