Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाइटहाउसमा यसरी हुँदैछ ट्रम्पको स्वागत र बाइडेनको बिदाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ७ २०८१
  • 2K
    SHARES

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।

ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ ।
त्यसपछि ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।

पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

यी कार्यकारी आदेशहरू मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । एनबीसी न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले पहिलो दिनमै ‘रेकर्ड’ तोड्नेगरी धेरै संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना सुनाएका छन् ।

शनिबारदेखि नै उत्सव, करोडौं चन्दा संकलन

ह्वाइटहाउसमा उनको पुनरागमनलाई भव्य र ऐतिहासिक बनाउन शनिबारदेखि नै उत्सवमय वातावरणमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट सुरु भएको उत्सवका कार्यक्रम मंगलबारसम्म जारी रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रम्प राष्ट्रपति बनेको खुसियालीमा विजय जुलुस, भोज, कन्सर्ट, आतसबाजी लगायतका कार्यक्रम गर्नका लागि शपथग्रहण समारोह समितिले १७ करोड अमेरिकी डलर चन्दा संकलन गरिसकेको छ ।

समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सहभागी हुन पाउने बताइएको छ ।

अतिथि, विशिष्ट अतिथि, मन्त्रिपरिषद्का सदस्य, पाहुना, चन्दादाता, समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना गर्ने तयारी छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुनेछ ।

मंगलबार राष्ट्रिय प्रार्थना सभासँगै सपथग्रहण समारोह उत्सव सम्पन्न हुनेछ ।

ट्रम्प २०१६ को नोभेम्बरमा पनि राष्ट्रपतिमा निर्वाचित भएर पूरै चारवर्षे कार्यकाल बिताएका थिए । सन् २०२० को निर्वाचनमा भने उनी वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।

त्यसपछि सन् २०२४ को नोभेम्बरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४