Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवजात शिशुको शव डस्टबिनमा फालिएको घटनामा किशोर-किशोरी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ५ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिका-२ मा फोहोरका लागि राखिएको डस्टबिनमा नवजात शिशुको शव फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान डस्टबिनभित्र शिशुको शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई तीव्र बनाएको थियो । घटनाको छानबिन क्रममा बिहीबार राति १७ वर्षीया किशोरी र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए । उनका अनुसार, मृत शिशुको जन्म ५/६ दिनअघि भएको मेडिकल रिपोर्टले देखाएको छ ।

पक्राउ परेकी किशोरीले शिशु आफूले फालेको स्वीकार गरेकी छन् । उनका अनुसार, बच्चा जन्मिएपछि रुन थालेको थियो । उनले मुख थुन्दा शिशुको मृत्यु भएको बयान प्रहरीलाई दिएकी छन् । अनुसन्धानका क्रममा ती किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी भएको र उनी आफन्तसँग प्यूठानमा बस्दै आएकी थिइन् । उनका बुवाको निधन भइसकेको छ भने आमा रोजगारीका लागि दुबईमा छन् ।

किशोरीले आफू तीन महिनासम्म मोटाएको जस्तो लागेको र गर्भावस्थाबारे थाहा नभएको बताएकी छन् । प्रहरीले किशोरीको बयानका आधारमा थप अनुसन्धान गर्दै १८ वर्षीय किशोरलाई समेत नियन्त्रणमा लिएको छ । ती किशोर सरुमारानी गाउँपालिकाकै निवासी रहेको खुलेको छ ।

किशोरीको स्वास्थ्य अवस्था कमजोर रहेकाले सालनाल नझरेकाले उनलाई अहिले जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ । शिशुको जन्मसम्बन्धी थप विवरण भने मेडिकल रिपोर्टबाट आउनेछ । जिल्ला अदालत प्यूठानबाट अनुमति लिएर ती किशोरमाथि थप अनुसन्धान भइरहेको छ । डीएसपी बस्यालका अनुसार, अनुसन्धानले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारण खुलाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४