Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला यू-१९ विश्वकपमा डेब्यु गर्दै नेपाल, आज बंगलादेशको सामना गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ५ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । नेपालको यू-१९ महिला टोलीले आज ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ । बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो ।

उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्याण्डले खेल्दै छन् । नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्गल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् ।

समूह ‘सी’ मा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । १९ वर्षमुनिको महिला टी-२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

विश्वकप खेल्ने नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४