Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टायर पञ्चर हुँदा माइक्रो दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ४ २०८१
  • 3.5K
    SHARES

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका-६, कानढुंग्रेमा भएको माइक्रोबस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि धनुषाको जनकपुर उपमहानगरपालिका-१० निवासी ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको छ । गुप्ताको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । दुर्घटना बिहीबार साँझ करिब साढे पाँच बजे माइक्रोबसको पछाडिको टायर पञ्चर भएपछि भएको थियो ।

अनियन्त्रित अवस्थामा रहेको सवारी साधन सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा घाइते भएका १२ यात्रुमध्ये ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । बाँकी ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनाको कारणको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४