Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारविरुद्धको रणनीति सार्वजनिक गर्दै विपक्षी दल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ४ २०८१
  • 1K
    SHARES

काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी प्रयासमा लागेका विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा आफूहरुका माग र आगामी रणनीतिबारे जानकारी गराउने नेताहरुले बताएका छन् ।

आज दिउँसो २ बजे प्रतिपक्षी दलको बैठक बस्ने र ३ बजे संसद भवन भित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

संसदको नियमित अधिवेशन बोलाउन ढिलो गरेको, संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरेको लगायतका मुद्दा उठाउँदै सरकारको आलोचना गर्दै आएका विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारविरुद्ध उत्रने रणनीति बनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको कार्यशैली विरुद्ध विपक्षी दल, समाजवादी मोर्चा र मधेश केन्द्रित दलहरूले पनि गतिविधि बढाउन थालेकोले राजनीतिक घटनाक्रमलाई चासोका साथ हेरिएको छ ।

यसअघि गत विहीबार माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू सहभागी भएका थिए ।

सो बैठकले सरकारसँग राख्ने माग र विपक्षी दलहरुको रणनीतिको मस्यौदा तयार पार्न माओवादी केन्द्रका नेता वर्षमान पुन र एकीकृत समाजवादीका नेता बेदुराम भुसाललाई जिम्मेवारी दिएको थियो । त्यसैलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।

यसबीचमा सत्ता पक्षमा रहेर मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेमकिपालाई समेत विपक्षी गठबन्धनमा समेट्न प्रयास गर्ने निर्णय समेत विपक्षी दलहरुको बैठकले गरेको थियो ।

सत्ता गठबन्धनले ६ महिना पार गर्दैगर्दा विपक्षी दलहरूले सरकारप्रति आक्रामक हुने संकेत देखाएका छन् । उनीहरूको संकेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास’ गरेको भनी कटाक्ष गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४