काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा,आम जनता पार्टी आजपा र नेपाल समाजबादी पार्टी नेसपाका नेताहरु सहभागी छन् ।
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
बैठकमा रास्वपाका डीपी अर्याल, नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी छन् ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी छन् ।