Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्ट्रेलिया जान घरबाट बिदा भएर आएका दम्पती दुर्घटनामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २० २०८१
  • 4K
    SHARES

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ स्थित सडकमा पुस १५ गते स्कुटर दुर्घटना भयो । स्कुटरमा सवार थिए झापाको भद्रपुर नगरपालिकाका एक दम्पती ।

बागमती प्रदेश-०२-०२८ प ६६१० नम्बरको स्कुटरका चालक ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । निश्चलकी पत्नी, २८ वर्षीय पूजा श्रेष्ठ स्कुटरको पछाडि सवार थिइन् । घाइते भएकी उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका मृतक निश्चल र घाइते पूजा झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा र बुहारी हुन् । दुवै जना केही दिनमा अस्ट्रेलिया जान लागेको परिवार स्रोतले जानकारी दिएको छ । अस्ट्रेलिया जाने तयारीका क्रममा उनीहरू झापाबाट बिदा लिएर काठमाडौँ आएका थिए ।

कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डिराज नेउपानेले बताए । ‘थिमिबाट मगरगाउँतर्फ जाँदै गर्दा कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४