Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रीय समिति बैठक स्वयम्भूमा जारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २० २०८१
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । सहकारी सम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्न बैठक सुरु भएको हो ।

स्वयम्भू स्थित स्टार बाङ्क्वेटमा सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन आज (शनिबार) सहकारीसम्बन्धी अध्यादेश र संसद्मा प्रस्तुत विधेयकहरूमाथि पार्टीको धारणा तय गर्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । स्थानीय तह उपनिर्वाचनको समीक्षा, समसामयिक राजनीति र पार्टीको संगठनात्मक संरचना सबलीकरणलगायतका विषयमा छलफल हुनेछ ।

दोस्रो दिन भोली (आइतबार) संविधान संशोधनका मुद्दामा विशेष छलफल गर्ने कार्यसूची छ । त्यस्तै, पार्टीको आगामी रणनीति र कार्यक्रम तालिका तय गर्न सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा विस्तृत समीक्षा गरिने छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा लागेको कारण कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्याललाई दिइएको छ । लामिछानेले मुद्दाका कारण आफ्नो जिम्मेवारी अर्याललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४