Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको एकल चाहनाले चलेको एमाले, फरक मत राख्नेलाई छैन स्थान ! ठूला नेतालाई ‘साइज’मा राख्न कारबाहीको ‘डण्डा’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १२ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रिय सचिवालय बैठक बुधवार (पुष १० गते) बस्यो । बैठकले लामो समयदेखी पार्टीमा महत्वपूर्ण योगदान दिएका डा.भीम रावललाई पार्टीको संगठित सदस्यताबाटै हटाउने निर्णय गर्‍यो ।

पार्टी हितविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँडेपछि रावललाई संगठित सदस्यताबाटै निष्काशित गरिएको नेकपा एमालेले जनाएको छ ।

सचिवालय बैठकले स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि भूमिकाबिहीन बनायो । बैठकले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्‍यो ।

कीर्तिपुर स्थित एमाले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मिन बहादुर गुरुङबाट जग्गा दान लिन नहुने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि पार्टीले निलम्बन गर्ने निर्णय गरेको हो । यस विषयमा डा.रावलले पनि असन्तुष्टि भने जननाउँदै आएका थिए ।

गत असोजमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादु गुरुङले दिएको जग्गामा केन्द्रीय कार्यालय निर्माणका लागि शिलान्यास गरिएपछि स्थायी कमिटि सदस्य पाण्डेले आपत्ति जनाएकी थिइन् ।

त्यसबेला उनले व्यापारीबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनु गलत भएको बताएकी थिइन् । उनले भनेकी थिइन्,“साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ,” ।

सचिवालय बैठकमा उनीहरुविरुद्ध कारबाही गर्ने निर्णयबारेको प्रस्तावमा केही नेताहरुले बैठकमै असहमति जनाएका थिए । अहिले कारबाही गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै नेताहरुले असहमति जनाएपनि ओलीको चाहनाका अगाडि कसैको केही पनि सीप चलेन ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका डा.रावल पहिलेदेखी नै नेतृत्वसंग असहमति राख्दै आएका थिए । चितवनमा सम्पन्न दशौँ महाधिबेशमा रावल केपी शर्मा ओलीसंग अध्यक्षमा लडेका थिए ।

तर उनी ओलीसंग पराजित भए । एमालेले ओलीसंग अध्यक्षमा नलड्न सुझाउँदै उपाध्यक्षमा लड्न आग्रह गरेको थियो । तर,रावल अध्यक्षमै भिडेका थिए ।

ओलीको चाहनापछि उनीहरुमाथि कारबाही भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । नेतृत्वको कार्यशैलीप्रति कतिपय नेताका साथै कार्यकताहरु रुष्ट बनेका छन् ।  यस्ता निर्णयहरुकै कारण  पार्टी कमजोर बन्दै गइरहेको एमालेकै नेताहरु बताउँछन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमका कारण पार्टी कमजोर बन्दै गइरहेको राजनीतिक विश्लेषक बताउँछन् ।

डा.रावलले आफुलाई पार्टी सदस्यबाट हटाउने केपी शर्मा ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश,स्वेच्छाचारी र तानाशाही प्रवृत्ति रहेको बताए ।

‘नेकपा एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता,स्वाधिनता,समृद्धि,जनाधिकार,न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश,जनता,सुशासन,विधि,पद्धती,सदाचार,सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश,स्वेच्छाचारी र तानाशाही निर्णय हो,’डा.रावलले फेसबुकमा लेखेका छन् ।

सबै देशभक्त न्यायप्रेमी,सुशासन,सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिवद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त रहेको उनले बताए ।

उनले भ्रष्ट,अनैतिक,फौजदारी मुद्धा लागेका,राष्ट्रिय एकता,अखण्डता,संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा आश्चर्य नलागेको समेत डा.रावलले बताए ।

पार्टीले निलम्बन गरेपछि स्थायी कमिटि सदस्य विन्दा पाण्डेले व्यंग्यात्मक शैलीमा ६ महिनाका लागि पार्टीले छुट्टी दिएको बताइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामी त पार्टी काममै थियौँ,नेताले ६ महिनाका लागि छुट्टी दिएको खबर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्नेछ । यहाँहरुको सुझाव पाउ ल !’

यस्तै केन्द्रिय कमिटि सदस्य उषाकिरण तिम्सेनाले प१चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेको बताइन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘तल्लो तहका आम कार्यकर्ता,तिनको लगाब,मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत विरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

यता नेकपा एमालेले भने पार्टी हितविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँडेपछि रावललाई संगठित सदस्यताबाट निष्काशन गरिएको बताएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई कमजोर बनाउने गरी भीम रावल अगाडि बढेपछि पार्टीले संगठित सदस्यताबाटै हटाएको हो ।

‘महाधिबेसनमा अध्यक्षमा उम्मेदवार हुनुभयो,उपाध्यक्षमा आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन । त्यसपछि केन्द्रीयष् सदस्यमा पनि नआएपछि हाम्रो बैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो । त्यो सल्लाहकारको भूमिका पनि उहाँले पुरा गर्नुभएन,उपमहासचिव ज्ञवालीले भने,‘अभिव्यक्तिहरु पनि पार्टीलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई पार्टीको संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरिएको हो ।

  • एमालेबाट यसकारण निकालिए रावल,अब के गर्लान् ?

सचिवालय बैठकले स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदीय उषाकिरण तिम्सेनाको जिम्मेवारी समेत खोसेको छ । डा.रावललाई पार्टीबाटै निष्काशन गरेको एमालेले पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

‘पार्टी स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदस्य उषाकिरण तिम्सेनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ । तर उहाँहरुले गल्ती स्विकारको नदेखिएपछि ६ महिनासम्मका लागि निलम्बन गरिएको हो,’उपमहासचिव ज्ञवालीले भने ।

राजनीतिक विश्लेषकहरुले एमालेले गरेको कारबाही बोल्ने स्वतन्त्रतामाथिको धक्का भएको बताएका छन् । एक राजनीतिक विश्लेषकले भने,‘नेकपा एमालेले तीन नेता (भीम रावल,विन्दा पाण्डे र उषाकिरण तिम्सेना) लाई गरेको कारबाही स्वतन्त्रतामाथिको धक्को हो जस्तो मलाई लाग्छ ।’

नेकपा एमालेभित्र आन्तरिक प्रजातन्त्र संगै वाक स्वतन्त्रा पनि हराएर गएको ती विश्लेषकले बताए । ‘नेकपा एमालेभित्र आन्तरिक प्रजातन्त्र हराएर गएको छ,उनले भने,वाक स्वतन्त्रता पनि हराएर गएको छ ।’

  • एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व ?

ओलीको दम्भ,निरंकुशता र स्वेच्छाचारीताका कारण पार्टी कमजोर बन्दै गइरहरेको ती राजनीतिक विश्लेषकले बताए । ती विश्लेषकका अनुसार पार्टी नेतृत्वको विरुद्धमा बोलेमा भीम रावल,विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जस्तै अवस्था आउने भन्दै कतिपय नेताहरु पार्टीभित्रै पनि ‘त्यै चुप मै चुप’को अवस्थामा रहेका छन् ।

राजनीतिक विश्लेषकले भने,‘भीम रावललाई त पार्टीले भित्तामै पुर्‍याएको छ । पाखा लगाइएका मान्छे हुन् उनी चाहीँ । सामान्य पात्र नेतालाई कारबाही गरेर पार्टीभित्रका ठूला पात्र नेतालाई चेतावनी दिएको हो अहिलेको कारबाहीले,ओलीको यही रबैया रहिरह्यो भने पार्टी धेरै नै कमजोर बन्दै जान्छ ।

पार्टी हितकै लागि बोल्दा एमालेले कारबाही गरेको उनी बताउँछन् । जुनसुकै पार्टीभित्र पनि आन्तरिक प्रजातन्त्र,लोकतन्त्र बाँच्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४