Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२२ वर्षीया महिलामाथि सामूहिक बलात्कार, चार जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ११ २०८१
  • 2K
    SHARES

काठमाडौं । मोरङ जिल्लाको जहदा गाउँपालिका-३ खदरा बस्तीकी २२ वर्षीया दलित महिला सामूहिक बलात्कारको घटनामा परेकी छिन् । मंगलबार बिहान शौच गर्न गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमा कपडा कोचिएको, हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरेका थिए ।

उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा भर्ना गरिएकी ती महिलाले साँझ होसमा आएपछि आफूमाथि अपहरण शैलीमा बाँसघारीमा लगेर सामूहिक बलात्कार गरिएको बताएकी छन् । पीडित महिलाको बयानका आधारमा प्रहरीले चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।

कटहरी गाउँपालिका-२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले बाँसघारीमा पीडित महिलालाई देखेपछि गाउँलेलाई बोलाएर उद्धार गरिन् । गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि घटनास्थलबाट अनुसन्धान सुरु गरिएको हो । मुसहर समुदायको बाहुल्य रहेको खदरा बस्तीमा काखे बच्चासहित बस्दै आएकी ती महिला झिसमिसेमै घरदेखि करिब १५० मिटर टाढा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् ।

उनीलाई उद्धार गर्दा कपडा च्यातिएको अवस्थामा फेला पारिएको थियो भने शरीरभरि नीलडाम देखिएका थिए । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ । हाल उनलाई विराटनगरस्थित एक आश्रयस्थलमा राखिएको छ ।

मंगलबार प्रहरीले कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जारलाई पक्राउ गरेको छ । बुधबार बिहान थप एक जना अभियुक्त पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार पीडितको बयानका आधारमा सामूहिक बलात्कार पुष्टि भएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४