Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरमा बुवाले चक्कु हान्दा ३१ वर्षीय छोराको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ३ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । भक्तपुरमा बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । मंगलबार राति सवा १० बजेतिर भक्तपुर नगरपालिका–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै बुवाले चक्कु प्रहार गरी छोराको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार अछामको कमलनगर नगरपालिका–६ हात्तीबाच घर भइ भक्तपुर बस्दै आएका ६३ वर्षीय दीपबहादुर शाहीले चक्कुले हानेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका हुन् ।

घरायसी विवादमा बुवाले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारको लागि राति नै भक्तपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा राति पौने १२ बजे उनको मृत्यु हो ।

घटना लगत्तै मृतकका बुबा दिपबहादुरलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी नेउपानेले बताए । मृतकको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४