Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मालपोतले एक महिनामै उठाए दुई अर्ब ७० करोड राजस्व !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ३ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । देशभरका मालपोत कार्यालयले कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व संकलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजश्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो ।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार ७२०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ बराबरको राजस्व संकलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२, कलंकी मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार ७५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले रतीन करोड ५७ लाख २७ हजार ६६५ बराबरको राजस्व संकलन गरेको छ ।

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४