Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अराजकताविरुद्ध एमालेको मंसिर ७ मा प्रदर्शन,एक लाख कार्यकर्ता सडकमा आउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २९ २०८१
  • 4K
    SHARES

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमालेले शक्ति प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर ७ गते एमालेले उपत्यकास्तरीय शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो ।

सत्ता पक्ष समेत रहेको एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिन प्रदर्शन गर्न लागेको हो ।

जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै प्रदर्शन गर्न लागिएको हो । सभा र प्रदर्शनमा करिब १ लाख नेता–कार्यकर्ता सडकमा आउने एमालेले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डमा हुने जागरण सभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने बताइएको छ ।

सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च समेत परिचालन गरिएको छ । बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति बनाइएको छ ।

प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको कामकारबाही र कार्यशैलीको आलोचना गर्दै सडक आन्दोलन गरिरहेका बेला सरकारको नेतृत्वकर्ता दलले समेत प्रदर्शन गर्न लागेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकार विरुद्ध सडक आन्दोलनमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४