काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने २६ दिनदेखि हिरासतमा छन् । आज मङ्गलवार उनलाई थप अनुसन्धानका लागि रुपन्देही लगिएको छ । उनीमाथि सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ ।
तर, रास्वपाका नेता र कार्यकर्ताहरू सडक आन्दोलनमा छन् । रास्वपाका सांसददेखि केन्द्रीय सदस्यहरू रविको पक्षमा सडक आन्दोलन गरिरहेका छन् । सडकमा रविका पक्षमा आन्दोलन गर्ने रास्वपाका नेता र सांसदहरुविरुद्ध मुद्दा चल्ने भएको छ ।
सर्वोच्च अदालतले सडक आन्दोलन गरिरहेका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपीठ भएको निवेदन दर्ता गर्न मङ्गलवार आदेश दिएको हो ।
न्यायाधीश शर्माले दरपीठको आदेश बदरसहित मुद्दा अघि बढाउन आदेश दिएका हुन् ।दरपीठको निर्णय बदरसँगै रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने बाटो खुलेको छ ।