Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हनी ट्रयापिङ’मा इन्स्पेक्टर र एसपी जोडिएपछि सिआइबीले थाल्यो अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २२ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । ललितपुरको भैंसेपाटीमा सक्रिय हनी ट्रयापिङ गिरोहसँग प्रहरीकै संलग्नता रहेको आरोपपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यस विषयमा छानबिन सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीका वरिष्ठ अधिकृत एसपी समेत संलग्न रहेको खुलासा भएपछि सिआइबीले यसलाई गम्भीरताका साथ अनुसन्धान अगाडि बढाएको हो ।

ललितपुर प्रहरी परिसरले यस प्रकरणमा पक्राउ परेका चारजना आरोपीसहितको अनुसन्धान प्रतिवेदन सिआइबीलाई बुझाएको छ । पक्राउ परेकाहरूमा भैंसेपाटी प्रभागका हवल्दार महेन्द्र हमाल, गिरोहका नाइके ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापा छन् । भैंसेपाटी प्रभागकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र गिरोहका सदस्य दर्शन पोखरेल भने फरार छन् । यो प्रकरणमा एसपी कमल थापाको संलग्नता रहेको पनि खुलेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले उनलाई बयानका लागि निर्देशन दिए पनि उनले बयान दिन अस्वीकार गरेका छन् । गिरोहले दरबारमार्ग क्षेत्रमा समेत ठेकदार विदुर शर्मालाई यस्तै प्रकारले फसाएको पुष्टि भएको छ । ललितपुर परिसरले सिआइबीलाई यस प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सिफारिस गरेको हो । विशेषतः एसपीलाई जोगाउन केही पक्षबाट दबाब आएपछि सिआइबीलाई जिम्मा दिएको बताइन्छ ।

गत ७ असोजमा इटहरीका एक व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिएर भैंसेपाटीमा थुनेर ३० लाख रुपैयाँ असुली गरिएको थियो । प्रारम्भिक अनुसन्धानले यस प्रकरणका योजनाकार एसपी थापा नै भएको देखाएको छ । दरबारमार्ग क्षेत्रमा भएको यस्तै घटनामा पनि उनी संलग्न देखिएका छन् । साथै, अर्का एक व्यक्तिलाई लागुऔषध मुद्दामा फसाउने तयारी भइरहेकोसमेत पत्ता लागेको छ । अब तीनै घटनाको अनुसन्धान सिआइबीबाट हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४