Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २१ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकले प्रक्रिया पुर्‍याएर नेपाल सरकारलाई पत्र पठाएको थियो ।

कानुनी प्रक्रिया अनुसार टिकटकले प्रक्रिया पुरा गरेपछि आधिकारिकरुपमा दर्ता भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको जानकारी दिए ।

नेपालमा टिकटक दर्ता भएसँगै अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यस्तै डिजिटल साक्षरतामा पनि टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । समाजमा विकृति र अराजकता फैलाएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।

तर, ओली नेतृत्वको वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा भयो । यससँगै नेपालमा आधिकारिक रूपमा दर्ता गरेर टिकटक सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४