Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेखासमिति सभापति जोडिएको सहकारीको कागजात प्रहरीले लग्यो, अध्यक्षको आफ्नै गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २१ २०८१
  • 2.9K
    SHARES

काठमाडौँ । मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयको कागजात प्रहरीले लगेको छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ । सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले गत १४ कात्तिकमा सटरको ताला फुटाएर कागजात जफत गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सहकारी ठगी प्रकरण अनुसन्धान प्रहरीले गरिरहेको छ । अनुसन्धानका लागि सहकारी सञ्चालकले असहयोग गरेपछि बन्द रहेको कार्यालयबाट कागजात लगेको उनले बताए ।

‘यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ,, त्यहाँ पत्राचार गरियो, समन्वय गर्न पनि खोजियो तर कोही सम्पर्कमा नआएपछि रीतपूर्वक प्रक्रिया मिलाएर खानतलासी गरेको हो,’ उनले भने, ‘रंगेली इलाका मार्फत अनुसन्धान भइरहेको छ ।’

सहकारी सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

यो सहकारी ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जोडिएकी छिन् । सांसद पोखरेल पत्नी यो सहकारीको सञ्चालक समितिमा रहेर काम गरेकी छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार ऋषिका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्ने भएपछि ऋषिले आफ्नो नाम राख्न नमिल्ने भएका कारण त्यसबेला श्रीमतीको नाम राखेको उनी निकट स्रोत बताउँछ । ऋषिको सल्लाहमा सहकारी सञ्चालन गरेका रौनियारलाई अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए ।

सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा सांसद पोखरेल पत्नीको नाम छैन । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो । २०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक थिइन् । सांसद पत्नी कोइराला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायब छ ।

सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक रहेको समयमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिरेका कारण लघुवित्तले ऋषि पत्नी कोइराला सहित अन्य सञ्चालकलाई कालोसूचीमा राखेको छ । कालोसूची विरुद्ध कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । उनको रिट अदालतमा विचाराधीन छ ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

जबर्जस्ती ताला फोडेको आरोप

उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियारले भने जबर्जस्ती आफ्नो सहकारीबाट ताला फुटाएर प्रहरीले कागजात लगेको आरोप लगाएका छन् । रौनियारले विज्ञप्ति जारी गर्दै बन्द रहेको अवस्थामा जबर्जस्ती कागजात लगेको अरोप लगाएका हुन् । प्रहरीले स्थानीय जनप्रतिनिधि र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका कर्मचारीको रोहवरमा ताला फोडेको थियो ।

‘कुनै किसानबाट उजुर आपत्ति नगरी सञ्चालन भइरहेको अवस्थामा २०८१ साल कात्तिक १४ गते बुधबरका दिनदेखि दिपावली बिदा दिने निर्णय गरी बिदाको सूचना प्रकाशित भइरहेकोमा संस्थासँग आबद्ध कुनै बेहोराको उजुरी नै नगरी सोही दिन प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इलाका प्रहरी कार्यालय रंगेलीद्वारा अनुगमन गरेको भनी संस्थाको ताला तोडी आक्रामक शैलीमा संस्थाभित्र प्रवेश गरी संस्थालाई थाहा जानकारी नै नदिई भएको सम्पूर्ण सामान बरामद गरी गाडीमा राखी लगिएको छ‚’ विज्ञप्तिमा छ, ‘संस्था अनुगमन गर्ने बहानामा संस्थाको ताला फुटाएर भित्र प्रवेश गरेर सामान बरामद गरी कब्जा गर्दासमेत संस्थाको अनुमति नलिइएको, संस्थाको प्रतिनिधि नराखिएको, स्थानीय निकायका पदाधिकारी समेत रोहवरमा नराखिएको कार्यप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४