Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने रिहा भइसके भनेर भ्रम फैलाइयो : तोसिमा कार्की


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २० २०८१
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले सभापति रवि लामिछाने रिहा भएको भन्दै सरकारले भ्रम फैलाएको आरोप लगाएकी छन् ।

उनले जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रवि रिहा भइसके भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोजेको बताइन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले सभापति लामिछानेसँग पर्याप्त बयान पनि नलिई नै म्याद थपिरहेको गुनासो गरिन् ।

‘यता थुनामा राखिरहने, अनुसन्धान पनि नगर्ने, पर्याप्त बयान पनि नलिने अनि म्याद चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी,’ उनले लेखेकी छन्, ‘थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

सांसद कार्कीले निष्पक्ष रूपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरिन् ।

सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४