Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र भारतको सेमिफाइनल खेल हेर्न रंगशालामा १८ हजार बढी उपस्थित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १२ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा १८ हजारभन्दा बढी उपस्थित भएको पाइएको छ । आयोजकको रिपोर्ट अनुसार १८ हजार ९ जना उपस्थित थिए ।

दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । यस अनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो ।

सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए । मिडियाका लागि छुट्याइएको ठाउँमा समेत दर्शकहरू खचाखच थिए ।

सो खेलमा नेपालले भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४