Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रारा पुगे प्रचण्ड, जुम्लाको सभालाई पनि सम्बोधन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ५ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुगुको रारा पुगेका छन् । रारा घुमेपछि उनी आज जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने छन् ।

आज बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् ।

रारा ताल अवलोकन बाहेक त्यहाँ प्रचण्डको अन्य कार्यक्रम नरहेको प्रमुख मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । ‘उहाँ रारा आइपुगेको जानकारी पाएका छौं,’ प्रजिअ पाण्डेले भने, ‘यहाँ ताल क्षेत्र अवलोकनबाहेक उहाँको अरु कार्यक्रम छैन ।

रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् । उनले त्यहाँ पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रचण्ड गोठीचौरमा पार्टीको कार्यक्रममा मात्र सहभागी हुने जानकारी पाएको बताए । ‘पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेबाहेक अन्य कार्यक्रम नरहेको जानकारी छ,’ प्रमुख जिल्ला अधिकारी शाहीले भने, ‘उहाँ करिब दुई बजेपछि जुम्लाबाट फर्किनुहुनेछ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४