Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ काठमाडौंसहित बाढीपहिरो प्रभावित क्षेत्रमा सडकको अवस्था


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १७ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । बाढीपहिरोले प्रभावित भएको सवारी आवागमन अझै सामान्य भएको छैन ।

बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो ।

बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी आवागमन बन्द भएको हो ।

बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

१२ असोजमा काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि बिपी राजमार्ग अझैसम्म पूर्णरुपमा अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउदा खुर्कोट-मन्थली तथा सिन्धुली, नेपालथोक-मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवतजावत रोकिएको छ ।

यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्राफिकको तथ्यांक अनुसार गत २४ घण्टामा विभिन्न नाकाहरु हुँदै १० हजार ३७० सवारी साधनमा ५२ हजार २५४ जना यात्रुहरू काठमाडौं उपत्यका भित्रिएका छन् भने ११ हजार २२१ सवारी साधनमा ६१ हजार २८५ जना यात्रुहरू बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४